सुनको मूल्यमा प्रतितोला ८ सय ५२ रुपैयाले कमि

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य आज प्रतितोला ५८ हजार ९३८ कायम भएको जनाएको छ। सो मूल्य अघिल्लो साताको तुलनामा प्रतितोला रु ८५२ ले कमी आई बजारमा कारोबार भएको हो। अघिल्लो साता प्रतितोला रु ५९ हजार ७९० कायम भई कारोबार भएको सङ्घले जानकारी दिएको छ। सङ्घका सचिव दियशरत्न शाक्यले अमेरिकी डलरको तुलनामा नेपाली विनिमयको अवस्था मजबुत् बन्दै गएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएकाले त्यसको असरस्वरूप सुनको मूल्यमा सुधार आएको बताए।

अघिल्लो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ७७० अमेरिकी डलर कायम रहेकामा अहिले प्रतिऔस एक हजार ७५५ अमेरिकी डलर कायम भएको छ। प्रतिऔसमा ३१.१ ग्राम सुनको परिमाण रहन्छ।

त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला रु ५८ हजार ६८८ कायम भएको छ। सोको मूल्य गत साता रु ५९ हजार ५४० कायम भई कारोबार भएको सङ्घले जनाएको छ। असली चाँदीको मूल्य रु एक हजार १८५ बाट रु सातले कमी भई रु एक हजार १७८ मा कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published.