नेपालको शानदार जित

काठमाडौं- ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङले नेपाल साउदी अरेबियाविरुद्ध ९ विकेटले विजयी भएको छ। १३२ रनको लक्ष्य पाएको नेपालले १३.१ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालले साउदी अरेबियाले पेस गरेको लक्ष्य २ सय २१ बल अगाडि नै पूरा गरेको हो। यसअघि टस हारेर साउदी अरेबिया ४८.२ ओभरमा १३१ रन बनाएको थियो।

ज्ञानेन्द्र मल्ल

ओपनर ज्ञानेन्द्र मल्लले २३ बलमा १३ चौका र १ छक्का हान्दै सर्वाधिक ६१ रन बनाए। त्यस्तै अर्का ओपनर अनिल मण्डल २५ बलमा ४ चौका हान्दै २९ रनमा पभेलिएन फर्के। तेस्रो ब्याटसम्यानका रुपमा आएका सुवास खकुरेलले ३१ बलमा ४ चौका हान्दै ३५ रन बनाए।

युएइमा जारी एसिसी ट्रफी इलिट कपमा साउदी अरेबियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनाएको थियो। नेपालका लागि कप्तान पारस खड्का र वस्नत रेग्मीले ३-३ विकेट लिए भने शक्ति गौचन र भुवन कार्कीले २-२ विकेट लिए। नेपालले पहिलो खेलमा युएइलाई ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा कुवेतसँग ४ विकेटले नै पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published.