सलमान र प्रियंकाले जिते लोकप्रिय अवार्ड

मुम्बई, एजेन्सी- बलिउड अभिनेता सलमान खानले पुरुषतर्फ बेस्ट एक्टरको अवार्ड हात पारेका छन्। मुम्बईको यशराज फिल्मस स्टुडियोमा आयोजित ‘जि सिने अवार्ड’अन्तर्गत दबङ-२ का लागि उनले सो अवार्ड हात पारेका हुन्। त्यस्तै प्रियंका चोडपाले ‘बर्फी’का लागि बेस्ट एक्ट्रेसको अवार्ड जितिन्।रणवीर कपुर र विद्या बालन ‘बर्फी र कहानी’का लागि बेस्ट अवार्ड ‘क्रिटिक्स’तर्फको अवार्ड हात परे। अनुराग बासुको बर्फीले बेस्ट फिल्म, बेस्ट निर्देशनलगायतका अवार्ड हात जित्यो।

बेस्ट सपोर्टिङका लागि भने ‘तालास’बाट नवाजुद्दीन सिद्धिकी र ‘जब तक है जान’बाट अनुष्का शर्माले जिते। निगेटिभ रोलका लागि भने ‘अग्निपथ’बाट ऋषि कपुर र ‘बोल बच्चन’बाट अभिषेक बच्चनल अवार्ड जिते।

त्यस्तै बेस्ट पुरुष गायनतर्फ ‘अग्निपथ’को गीतबाट सोनु निगम, महिलातर्फ जब तक है जानबाट श्रेया घोषाल, गीततर्फ कौशर मुनिर ‘इश्कजादे’को ‘परेसान’बाट र संगीततर्फ ‘कक्टेल’बाट प्रितमले अवार्ड हात पारे।

कार्यक्रम अभिषेक बच्चन र रितेश देश्मुखले सञ्चालन गरेका थिए। कार्यक्रममा शाहरुख खान, क्याट्रिना कैफ, करिश्मा कपुरलगायतले नृत्य गरेका थिए। फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply

Your email address will not be published.