बन्द सत्रको माग गर्दै विद्यार्थीद्वारा नाराबाजी, प्रतिनिधिहरु अन्योलमा

Tharu Student Union

बन्द सत्रको माग गर्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन्। छैठौं महाधिवेशनमा जम्मा भएकामध्ये १७ जिल्लाका विद्यार्थीहरुले ‘घुसपैठ गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले थारु विद्यार्थी एक हौं, बन्द सत्र सुरु गर, छैठौं महाधिवेशन सफल पारौंलगायतका नाराबाजी गरेका थिए।

आज बिहान १० बजे सुरु भएको बन्द सत्र खाना खानका लागि भन्दै स्थगित गरिएको थियो। निर्वाचन आयोगका अध्यक्षले खाना खाएर निर्वाचन प्रकृयामा जाने बताएपनि हालसम्म बन्द सत्र सुरु हुन सकेको छैन।

सकभर सहमति प्रयासबाटै कार्यसमिति गठन गर्ने प्रयास भइरहेको हुँदा बन्द सत्र सुरु हुन ढिलाइ भएको निर्वाचन आयोगका एक सदस्यले बताए।

थाविसका वरिष्ठ उपाध्यक्ष शिवप्रसद चौधरी र महासचिव चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।

बन्द सत्र सुरु नभएपछि जिल्ला जिल्लाबाट आएका करिब एक हजार विद्यार्थी अन्योलमा परेका छन्। आज अन्तिम दिन निर्वाचनबाटै भए पनि नयाँ कार्यसमिति बनाइने भनिए पनि हालसम्म केही नभएको जिल्ला प्रतिनिधिहरुले बताएका छन्।

निर्वाचन नगर्ने भए स्थगित गरेर घर फर्किने उनीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published.