थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

DSC09536अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा जिल्ला प्रतिनिधिहरु घर फर्किएका छन्। राति १० बजेसम्म चुनाव नभएपछि आक्रोशित प्रतिनिधिहरु फर्किएका हुन्। केहीले त उम्मेदवारी फारम नै च्यातेर फालेका थिए। उनीहरुले मूल आयोजक कमिटीको विरोध गर्दै अबको महाधिवेशन दाङ वा कैलालीमा हुनुपर्ने माग गर्दै नाराबाजी गरे। यता मूल आयोजक कमिटी र निर्वाचन आयोगको बैठक बसिरहेको छ। अब के गर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ।

One thought on “थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

  1. थारु जन समुदायले विध्यार्थीहरुबाट ठुलो आशा गरेका थिए । तर विध्यार्थीहरुले बडो लज्जाजनक व्यवहार देखाए । राम्रो सन्देश भएन । यसै त अन्य समुदायले हेपिरहेको अवस्थामा अझ फुट भयो । धिक्कार छ तिमीहरुलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *