थारु कल्याणकारिणी सभा उपत्यका समितिबाट ३४ हजार सहयोग

Tha ka sa

थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले राहत संकलन अभियानका लागि ३४ हजार ७ सय पाँच रुपियाँ नगद सहयोग गरेको छ। सभाले ३५ बोरा जिन्सी सामान पनि सहयोग गरेको छ। सभाको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा आयोजित एक कार्यक्रममा उपत्यका समितिका सभापति सत्यनारायण चौधरी (सुमन)ले राहत संकलन अभियानका आशिष चौधरी, सञ्जय चौधरी र बिमल चौधरीलाई नगद/जिन्सी हस्तान्तरण गरे।

उपत्यका समितिका सभापति सुमनले विस्थापितहरुलाई राहत उपलब्ध गराउने प्रयासस्वरुत नगद जिन्सी दुबै सहयोग गरेको बताए। सुमनका अनुसार उपत्यका समितिको कोषबाट २५ हजार र अन्य पदाधिकारीबाट उठाएको ९ हजार ७ सय पाँच रुपियाँ गरी कूल ३४ हजार ७ सय पाँच रुपियाँ हस्तान्तरण गरिएको हो।

Atlantic Intl College

त्यस्तै राजधानीको एटलान्टिक इन्टरनेशनल कलेजले नगद ११ हजार सहयोग गरेको छ। कलेजका विद्यार्थी र शिक्षकबाट संकलन गरिएको रकम प्रिन्सिपल शंकरनारायण अधिकारीले राहत संकलन अभियानका राज कुस्मीलाई रकम हस्तान्तरण गरे। अधिकारीले अफ्ठ्यारो परेको बेला हामी सबैले सक्दो सहयोग गर्नुपर्ने बताए।

थारु युवाहरुको अगुवाईमा जारी राहत संकलन अभियानमा यसअघि साढे दुई लाख नगद र जिन्सी सामान संकलन गरिसकेको छ। अभियानका संयोजक सीताराम चौधरीले थारु युवाहरु राहत वितरण गर्न मंगलबार बर्दिया बस्थान गर्ने बताए। उनले बाँकेको फत्तेपुर र बर्दियाको बानियाभार गाविसका विभिन्न क्षेत्रमा राहत वितरण गर्ने बताए।

अभियानकर्ता मदन चौधरीले आफूहरुको अभियान यतिमै सीमित नहुने बताए। राहत संकलन अभियान जारी नै रहने हुँदा अर्को लटमा दाङका बाढी विस्थापितहरुलाई राहत वितरण गरिने उनले बताए।

नगद सहयोग गर्नेहरुको नामावली हेर्नुस्:

Leave a Reply

Your email address will not be published.