कमलरी मृत्युको छानबिनका लागि ९ सदस्सीय टोली

sirjanaसन्तोष दहित, दाङ- जिल्ला बाल संरक्षण समितिको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। समितिका संयोजक प्रभाव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा ललितपुर चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा काम गर्न बसेकी दाङको लालमटिया ४ मसुरिया निवासी १२ वर्षीया सिर्जना चौधरीको घटनाप्रति घोरनिन्दा र भर्तस्ना गरेको छ। बैठममा मृतक सिर्जना चौधरीको सत्य-तथ्य छानबिनका लागि मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरीको संयोजकत्वमा ९ सदस्यीय अध्ययन टोली गठन गरिएको छ। जसमा मुक्त कमलरी क्षेत्रमा काम गर्दै आएका मुक्त कमलरी विकास मञ्चका प्रबन्धक फकला थारु, स्वान संस्थाका अध्यक्ष कृष्ण चौधरी, बालबालिका तथा महिला विकास कार्यालयका अधिकृत प्रभा श्रेष्ठ ओली, जिल्ला बाल संरक्षण समितिबाट लक्ष्मी पाण्डेय, महिला अधिकारकर्मीवाट हुमा डीसी, साजिदा सिद्दीकी, मानवअधिकार सञ्जालबाट श्रीमण न्यौपाने, पत्रकारबाट दुर्गालाल केसी र शरद अधिकारी रहेका छन्।
बैठकले आइतबार विरोध र्‍याली, तथा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने कार्यक्रमको तय गरेको छ।
यसैबीच थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहितले एक विज्ञप्ती जारी गर्दै कमलरीमाथि आगो लगाउने प्रयत्‍नको घोर निन्दा गर्दै आगो लगाउने दाषीलाई यथासिघ्र पक्रकाउ गरी कानुनीबमोजित कारबाही गर्न माग गरेका छन्। पीडित परिवालरलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग जोडदार माग गरिएको विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.