भ्युह्यार थानको शिलन्यास

माधव चौधरी, दाङ- थारु समुदायको धार्मिक आस्थाको रुपमा लिइने भ्युह्यार थानको तुलसीपुर ५ जवरपुरमा शिलन्यास गरिएको छ। मतहँवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्व एवं स्थानीय बुद्धिजीवी जगतबहादुर खडकाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा करिव साढे ३ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा भ्यूह्वार थानको शिलन्यास गरिएको हो।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्राणीहरुको महत्वपुर्ण तत्व भूमीसंग जोडीको भ्यूह्वार थानलाई संरक्षण गरिनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अथिती जगतबहादुर खडकाले जल, जंगल र जमिन कुनै न कुनै तरीकाबाट धर्मसंग जोडीएको बताउदै त्यसको आस्थाका रुपमा लिइएको भ्युह्वारको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली काग्रेसका नेता एवं पूर्व सांसद् गहेन्द्र गिरीले समाजमा अनुसाशन कायम राखनका लागि धार्मिक आस्थाका केन्द्र बिन्दुलाई संरक्षण गरिनुपर्ने सुझाव दिए।
मतहवा, भलमन्सा, वडघर महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले मुलुकको एकमात्र लोकन्तात्रिक पद्धतिका साथ गठन हुने बडघर प्रथालाई इतिहास समाप्त पार्ने षड्यन्त्र भइरहेको गुनासो गरे।
उनले ती निकायलाई संरक्षण गर्नका लागि धार्मिक आस्थाका केन्द्रहरुको संरक्षण गरिनु पर्नेमा जोड दिए। कार्यक्रममा एमाओवादीका जिल्ला सेक्रटरी रामजी चौधरी, नेकपा एमालेका प्रतिनिधि एवं महतवा महासंघका सदस्य फुलमान चौधरी, राप्रपाका छोटीलाल चौधरी, थारु बुद्धिजीवी सोगतवीर चौधरी र चुर्णबहादुर चौधरी, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति एवं पत्रकार सुशील बस्नेत, पत्रकार रमा पोख्रेल, महतवा महासंघका सदस्यहरु बुद्धिराम चौधरी, जगवीर चौधरीलगायतले बोलेका थिए।

Leave a Reply

Your email address will not be published.