सत्तापक्षले बेवास्ता गर्‍यो : एमाले नेता नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी र विपक्षी दलहरु सहमतिका लागि अधिकतम लचकताका साथ अगाडि बढेको भए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन्। नेपाल सम्वत् ११३३ नयाँ वर्ष तथा दीपावलीका अवसरमा नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नं ७ द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुका बीच सहमतिको विकल्प नभए पनि सत्तापक्षको एकलौटी र मनोमानी क्रियाकलापका कारण सहमति तुहिएको बताए।

नेता नेपालले आफ्नो पार्टी पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानका पक्षमा रहेको स्पष्ट पार्दै अहिले पार्टीले सङ्घीयता, पहिचान र अधिकारलाई केन्द्रबिन्दुमा राखेर सहमतिका प्रयास खोजिरहेको स्पष्ट पारे। उनले वर्तमान सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको र अहिलेको समयमा त्यो कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पार्दै सत्तापक्षले मुलुकलाई तहसनहस पार्ने मनसायका साथ आफ्ना क्रियाकलाप गरिरहेकोले आफूहरु आन्दोलनमा जानुपरेको बताए। रासस

Leave a Reply

Your email address will not be published.