‘थारु सोसाइटी अष्ट्रेलिया’ गठन

अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। 

त्यस्तै सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी रहेका छन्।

त्यस्तै संयोजकमा मिश्र कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण चौधरी, कल्चरल सक्रेटरीमा मनोरमा चौधरी, स्पोर्ट्स सेक्रेटरी विनोद चौधरी र आइटी कोअडिनेटरमा उमेश चौधरी छन्।

प्रवासमा रहेको थारुहरुलाई दुःख सुखमा साथ होस् भन्ने उद्देश्यले अष्ट्रेलियामा पहिलोपटक थारुहरुको संस्था गठन गरेको पब्लिक रिलेशन अफिसर अरुण चौधरीले जानकारी दिए। उनका अनुसार अष्ट्रेलियामा अन्य स्थानहरुमा पनि संस्थाका शाखाहरु विस्तार गर्दै जाने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published.