थाकस दक्षिण कोरियाद्वारा मृतक प्रकाश र प्रमोदको सम्झानामा श्रदाञ्जली सभा

थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा कोरियामा मृत्यु भएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरी(पर्सा) र प्रमोद चाैधरी (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थाकस दक्षिण कोरयाका अध्यक्ष शिव चाैधरीले मृतकप्रति संवेदना व्यक्त गर्दै यहाँ मृत्युु भएका दुई ब्यक्तिको परिवारलाई सकेको आर्थिक सहयोग गर्ने बताए। उनले भने, ‘कोरियामा रहेका सामाजिक, जातिय तथा क्षेत्रीय संघसंगठनका सहभागीहरुलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गर्छु।’

कोरियामा छरिएर रहेका करिब तीन दर्जन थारुदमुदायको ब्यक्तिहरुको उपस्थितिमा मृतकद्वयको फोटोमा पुष्पगुच्छा तथा माल्यारपन गरिएको थियो । सेप्टेम्बर ३ मा प्रमोदको आफ्नै होस्टेलमा सुतिरहेको बेलामा र अोमप्रकासको उनी चढेको साइकल लाई गाडिले ठक्कर दिएपछि हस्पिटल लगिएकोमा उपचारको क्रममा सेप्टेम्बर ९ मा मृत्यु भएको थियो ।

श्रद्धाञ्जली सभासँगै अन्तक्रिया तथा परिचय कार्यक्रम गरेको थियो। कार्यक्रममा थाकस द. कोरियाको वर्तमान अवस्था र भाबी योजनाबारे पनि छलफल भएको जानकारी थाकस द.कोरियाको वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले दिएका छन्।

Leave a Reply

Your email address will not be published.