सांसद चाैधरीद्वारा चौधरी अाँखा अस्पतालको नयाँ भवनको शिलान्यास

सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन्। अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

सांसद चौधरीले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको र पुरानो भवनमा बिरामी नअटाउने भएकाले आधुनिक किसिमको सेवासुविधा दिन भवन बनाउन लागिएकामा सन्तोष व्यक्त गरे । महासङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्रले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.