खुट्टाको रौंका कारण बलात्कारको धम्की

बीबीसी।

सुन्दरता भन्ने कुरा हेर्नेको अाँखामा भर पर्दछ । मनको सुन्दरता नै साँचो सुन्दरता हो । आदि आदि कुराहरु मानिसहरुले भनिरहेको सुनिन्छ । तर के हामी साँच्चिकै आफ्नो वा अर्काको सरीर वा अनुहारलाई लिएर सहज छौँ त ? सायद छैनौँ ।

स्विडिस मोडल अरविदा बिस्ट्रममाथि जुन अन्याय भइरहेको छ, त्यसले यसलाई झनै पुष्टि गर्दछ । अरविदाले एक विज्ञापनका लागि आफ्नो खुट्टामा भएका रौं हटाउन भ्याक्सिङ नगरिकनै पोज दिएकी थिइन् ।

तर मानिसहरुलाई उनका खुट्टाका रौं यति असहज लाग्यो की उनलाई बलात्कार गर्नेसम्मको धम्की दिन थाले । एडिडास कम्पनीका लागि उनले गरेको विज्ञापन जब युट्युबमा अपलोड भयो तब अरविदालाई भद्दा म्यासेज आउन थाले ।

त्यसपछि उनले आफ्नो इन्स्टाग्राममा यो तस्वीर पोष्ट गर्दै मानिसहरुले आफ्नो कसरी मजाक उडाइहेका छन् र कस्तो खालका धम्की दिइरहेका छन् भन्ने कुरा खुलाएकी छिन् ।

मोडल तथा फोटोग्राफर समेत रहेकी अरविदा यस्ती मोडल हुन् जो जिउका कुनैपनि भागका रौं नखौरिकनै फोटोसुट गराउँछिन् । धेरै मानिसले उनको यस्तो कदमको समर्थन समेत गरेका छन् ।

रौँयुक्त खुट्टाको विज्ञापनका कारण बलात्कारको धम्कीको सामना गर्नुपरेकी मोडल अरविदाको समर्थनमा उत्रिएको छ एडिडास पनि । साथै उनले अरविदा जस्तो रचनात्मक र फरक सोँच भएका मोडलसँग काम गर्न पाउँदा गर्व महसूस भएको एडिडासको भनाई छ ।

सकारात्मकता र परिवर्तनलाई मन्च उपलब्ध गराउने चाहनाकै कारण अरविदालाई छनोट गरिएको एडिडासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.