थरुहट तराई पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलन सशक्त पार्न आह्वान

थरुहट तराई पार्टी नेपाल महाधिवेशन सरेको छ। केन्द्रीय सचिवालय बैठकले चैत ४, ५ र ६ गते हुने भनिएको महाधिवेशन चैत २३, २४ र २५ गतेका लागि सारिएको हो।  बैठकले महाधिवेशनको स्थान भने साबिककै ठाउँ कैलालीमा हुनेछ।

बैठकले रिक्त रहेको महासचिवको पदमा हालका सचिव मीनराज थारुलाई जिम्मेवारी दिएको छ। महासचिव शम्भु चौधरी नयाँ शक्तिमा गएसँगै सो पद खाली रहेको थियो। त्यस्तै केन्द्रीय सचिवालय सदस्यमा नुनुराम (एनआर) चौधरीलाई मनोनीत गरेको छ।

त्यसैगरी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। ‘थरुहटको माग मुद्दालाई सम्बोधन नगरेको, सहमती सम्झौता कार्यान्वयन नगरेको, टीकापुर घटनामा निराधार झुठा मुद्दा लगाइ फसाइएका राजबन्दीहरुलाई हालसम्म पनि रिहाई नगरेको, क्षतिपुर्ति, औषधी उपचारको रकम नदिएको, शहिद घोषणा समेत नगरेको अवस्थामा सरकार झनै निरकुंश एवं दमनकारी शैलीमा आन्दोलनकर्मीहरु थारु, जनजाति, मधेसी उपर निर्मम दमन गरिरहेको अवस्थामा सरकारलाई साथ सर्मथन गर्नुको औचित्य नभएको हुनाले आजैका मितिदेखि लागु हुनेगरी थरुहट तराई पार्टी नेपालले सरकारलाई दिएको साथ समर्थन फिर्ता लिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

बैठकले थरुहटका सबै शक्तिलाई मोर्चामा गोलबन्द गर्दै थरुहट आन्दोलनलाई सशक्त एवं प्रतिरोधात्मक बनाउन आह्वानसमेत गरेको छ

Leave a Reply

Your email address will not be published.