गैंडाकोट–१२ हर्कपुरमा आज ट्रयाक्टरको ठक्करबाट एक चालकको मृत्यु भएको छ। हर्कपुर भित्री सडकखण्डमा रोकिराखिएको ना५त ७०९ नंको ट्रयाक्टरलाई ना३त ८३७७ नंको ट्रयाक्टरले ठक्कर दिँदा ना५त ७०९ नंको चालक ३४ वर्षीय ईश्वर थनेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
ट्याक्टरले ठक्कर दिँदा ईश्वर थनेतको घटनास्थलमै मृत्यु
