शनिबार हुने भनिएको थाकसको नगर अधिवेशन स्थगित

सुनिल चौधरी/सुनसरी।

थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको  छ। 

विभिन्न गाबिस समायोजन गरेर इटहरी उपमहानगरपालिका हुँदा प्रथम नगर अधिवेशन गर्नलागिएको थियो। थारु बाहुल्य भएको गाबिस एकम्बा, पकली, खनार र हाँसपोसालाई समायोजन गर्दा इटहरीमा २६ वटा वडाहरु रहेको हुँदा १६ वटा वडा इकाईहरुमा मात्र अधिवेशन गर्न सकेको र बाँकी रहेका वडाको अधिवेशनपश्चात नगर अधिवेशन गर्ने आयोजकले जनाएको छ।

इटहरी उपमहानगरपालिकामा ३५ प्रतिशत जनसंख्या थारुको छ। जिल्ला कार्यसमितिमा भने नगर अधिवेशन स्थगित गरिएको कुनै जानकारी नभएको जिल्ला सचिव मनोज चौधरीले बताए। सचिव चौधरीका अनुसार स्थगितको आधिकारिक निर्णय हुनुपर्ने तर त्यसको खबर जिल्लामा नभएको उनले बताए।

त्यसैगरी रामधुनी भासी नगरपालिकामा पनि थाकस नगर अधिवेसन गनुपर्ने देखिएको छ। भासि र सिंगीया गाबिस समायोजनबाट रामधुनीभासी नगरपालीका भइसक्दा पनि नगर अधिवेशनको कुनै चासो देखिएको छैन। अहिले दुवै गाबिसको थाकस समिति अन्योलमै  छ। भासी र सिंगीयाको साबिक प्रत्येक वडाहरुमा संख्याको अधारले थारुहरुकै बढी जनसंख्या रहेपनि अधिवेशनको चासो नेदेखाउँदा थारु संस्कृतिका कार्यक्रम पनि थाकसबाट रामधुनी भासीमा अन्योलमै हुने गरेको छ।

Leave a Reply

Your email address will not be published.