गच्छदारले तानाशाही प्रवृत्ति देखाएको भन्दै उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे।

पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष विजय गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउँदै स्वेच्छारीढंगले चलाएले राजीनामा दिएको उनले आरोप लगाए। उनले गच्छदारले पार्टी एकलौटी रुपमा हाँकेको, इमान्दार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेस र मधेसी जनतासंग पटक पटक घात गरेको बताए ।

पार्टीमा तानाशाही प्रवृत्ति हावी हँदै गएको भन्दै चौधरीले अब उक्त पार्टी छोड्नुको विकल्प नरहेको दाबी गरे । पूर्व महिला तथा बालबालिका मन्त्री चौधरी सहित, पूर्व सभासद सलाउद्धिन मुसलमान, लोकतान्त्रिक केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खाँ, पूर्व केन्द्रीय सदस्य जैसराम यादव,उपाध्यक्ष गौरीशंकर थारु, सचिव काशीराम यादव स्थानीय नेता कुञ्जबिहारी चौधरी लगायत ३ सय बढी नेता तथा कार्यकर्ताले सामूहिक राजिनामा दिएको बताए।

Leave a Reply

Your email address will not be published.