अविनाश चौधरीले खिचेको फोटो पुरस्कृत

धनगढीबाट गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अविनाश चौधरीले खिचेको खेलको फोटो नेपालगञ्ज फोटो फेष्टिभलमा पुरस्कृत भएको छ। २०७१ मा धनगढीमा आयोजित द डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा चौधरीले खिचेको फोटो रामदूत खेल विधामा उत्कृष्ट भइ पुरस्कृत भएको हो। खेल फोटोग्राफीमा रुचि राख्ने चौधरीले आफूले खिचेको फोटो उत्कृष्ट भएकोमा थप हौसला मिलेको बताए।

 फोटो जर्नलिष्ट क्लब नेपालको सहकार्य र अन्तराल मिडियाको व्यवस्थापनमा दुई दिनसम्म फोटो फेष्टिभल भएको थियो। उक्त फेष्टिभलमा सुदूर तथा मध्य पश्चिममा खिचिएका उत्कृष्ट फोटोहरु प्रदर्शन गरिएको छ। हरेक विधामा उत्कृष्ट मध्येका पनि सर्वोत्कृष्ट फोटो छानेर पुरस्कृत गरिएको अन्तराल मिडियाका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.