लेखी नेतृत्वको नासपाद्वारा केन्द्रीय समिति विस्तार (नामावलीसहित)

Na Sa Pa- Lekhiराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले तेस्रो चरणमा १८ सदस्यीय सदस्य विस्तार गरेको हो । राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले तेस्रो चरणको केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीले वैशाख पहिलो सातादेखि आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न क्याम्पसहरुमा प्रशिक्षण दिनुका साथै, विरोधसभाहरु आयोजना हुनेछ । नयाँ संविधानलाई बहिष्कार गर्दै पार्टी खोलेको लेखीले सबै वर्गको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

नाम ठेगाना
१) सुलोचना चौधरी- कञ्चनपुर
२) गुदामी चौधरी- कैलाली
३) हुतराज भट्ट- बर्दिया
४) राजवंशी चौधरी- बारा
५) मनोज चौधरी- बारा
६) रामवहादुर चौधरी- रौतहट
७) परशुराम चौधरी- रौतहट
८) राजेश्री वन्ठा- रौतहट
९) उमेश विशुंखे- सिरहा
१०) विभूति भूषण चौधरी- सिरहा
११) मूक्ती चौधरी- सिरहा
१२) बद्री नारायण चौधरी- सिरहा
१३) बलीराम चौधरी- सिरहा
१४) सुनिल कुमार चौधरी- सप्तरी
१५) सुरेश चौधरी- सप्तरी
१६) बालकृष्ण चौधरी- उदयपुर
१७) सोहर चौधरी- चितवन
१८) रामबिहारी सदाय- सप्तरी

Leave a Reply

Your email address will not be published.