इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यु जय नेपाल इँटाभट्टाको चिम्नी आज साँझ ढल्दा छ मजदूरको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पकलीको इन्स्पेक्टर टीका कार्कीका अनुसार सनाखत भएकाहरूमा सद्धाम हुसेसन बिहार भारत, मिथिलेश पासवान बिहार भारत, गरिबनारायण पासवान बिहार भारत, भगनीदेवी चाैधरी इटहरी-१६, शिवनारायण चाैधरी इटहरी-२० छन्।
उक्त घटनामा ६० भन्दा बढी घाइते भएको र एक्स्काभेटर प्रयोग गरी घाइतेको उद्धार जारी रहेको र उद्धार गरिएकालाई उपचारका लागि बिपी कोइराला मेमोरियल अस्पताल र नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ ।