साफ च्याम्पियसिपका लागि आदित्य र अमृत चौधरी छनोट

Aditya Chaudhary

भारतमा हुने नवौं साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्याट्रिक ओसेम्सले टोलीको घोषणा गरेका हुन्।
ओसेम्सले फवार्डका रुपमा अनिल गुरुङ, जगजित श्रेष्ठ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र नविन लामालाई राखेका छन्।

SONY DSC

त्यस्तै रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विसाल राई र योगेश गुरुङलाई मिडफिल्ड र डिफेण्डरमा रन्जित धिमाल, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जन छन्।

नवीन लामा र अमृत चौधरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। खेल पुस ८ देखि १९ सम्म भारतको केरलामा हुँदैछ।

Leave a Reply

Your email address will not be published.