प्रहरीको खोजीमा रहेका रेशम चौधरीले भने- थारु समुदायलाई बद्नाम गराउने काम भयो

resam

थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता रेशम चौधरीले टीकापुर घटनामा घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउने काम भएको बताएका छन्। सदभावना पार्टीका नेता एवं संघर्ष समितिका चौधरी टीकापुर रहेको कैलाली क्षेत्र नम्बर १ का संयोजक हुन्। टीकापुरमा भएको आमसभामा उनले नै राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहलाई बोलाएका थिए। टीकापुर काण्डमा एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षे बालकको हत्या भएपछि चौधरी मौन थिए।
घटनाको नौ दिनपछि विज्ञप्ति निकालेेर चौधरीले घटनाका योजनाकार भन्दै आएको समाचारको खण्डन गरेका छन्। टीकापुर घटनाको अघिल्लो दिन शान्तिपूर्ण आन्दोलन गर्ने र समाजिक सदभाव कायम राख्ने सहमति भएको र त्यसमा आफ्नो पनि मन्जुरी रहेको भन्दै उनले भने- ‘अहिले पनि कैलालीमा शान्ति कायम गर्नुपर्छ र थारु र अरु समुदायबीच सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने मेरो प्रष्ट विचार छ।’ साथै उनले थारु समुदायले उठाएको उचित मागलाई सम्बोधन गर्नु पर्ने बताएका छन्।

थारु नेता चौधरीले सुरक्षाकर्मी र बालकको हत्या निन्दनीय भएको भन्दै छानविन गरी सत्य पत्ता लगाउने, पीडितलाई क्षतिपूर्ति दिन र थारु लगायतका सबै समुदायलाई सुरक्षाको अनुभूति दिलाउन सरकारसँग माग गरेका छन्। उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न समेत सबैलाई अपील गरेका छन्।

प्रहरी स्रोतका अनुसार सद‍भाव विथोल्ने र टीकापुर घटना गराउने योजनाकार चौधरी नै रहेको बताउँदै उनको खोजीकार्य तीब्र पारिएको छ।

हेर्नुस् उनीद्वारा जारी विज्ञप्ती: 

Resam Chaudhary realse

Leave a Reply

Your email address will not be published.