रेशमलाई भेट्न सिके राउत पुगे वीर अस्पताल

जनमत पार्टीका संयोजक सीके राउतले सांसद रेशम चौधरीसँग भेट गरेका छन्। विगत पाँच दिनदेखि वीर अस्पतालमा ढाडको उपचार गराइरहेका चौधरीलाई भेटी राउतले उनको स्वास्थ्यबारे बुझेका थिए।
साताव्यापी विदेश भ्रमणबाट नेपाल फर्किएका उनी विमानस्थलबाट सिधै रेशमलाई भेट्न अस्पताल पुगेका थिए। रेशम चौधरीको रिहाईका लागि आफूले के गर्नसक्ने भन्ने आश्वाशन दिएको सीके राउतले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्। रेशमसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको थियो। राउतले रेशमलाई आशा मार्न नहुने बताएका थिए।

Leave a Reply

Your email address will not be published.