सांसद रेशम चौधरी बिरामी

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी बिरामी परेका छन्। उनी काठमाडौंस्थित सदर जेलमा बिरामी परेको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। रेशमको फोक्सोमा समस्या भएपछि बिरामी भएको भाइले बताए। यसबारे पार्टीमा खबर गर्दा पनि कसैले मतलब नगरेको उनको गुनासो थियो।

‘दाइ दिनप्रति दिन सिकिस्त हुँदै गइरहनुभएको छ। तर पार्टीले कुनै वास्ता गरेको छैन,’ रेशमका भाइ मिठुलालले भने, ‘यसबारे पार्टीले केही गरिदिए हुन्थ्यो।’

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।

 

Leave a Reply

Your email address will not be published.