प्रदेश नं ५ स्तरीय मिस्टर एन्ड मिस टुरिज्म हुने

प्रदेश नं ५ मा मिस्टर एन्ड मिस टुरिज्म स्पर्धा हुने भएको छ। चम्पन साँस्कृतिक समूहले प्रदेश नं ५ को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो स्पर्धा गर्न लागेको हो। प्रदेश नं ५ मा पर्यटनको सम्भावना बोकेका धेरै ठाउँहरु भएकाले त्यसको प्रवर्द्धन पर्यटन वर्ष २०२० लाई सघाउने उद्देश्यले मिस्टर एन्ड मिस टुरिज्म गर्न लागिएको अन्जु चौधरीले जानकारी दिए।

यो स्पर्धाका लागि प्रदेश नं ५ का विभिन्न जिल्लाका विभिन्न स्थानहरुमा आवेदन फारम खुलेको छ। इच्छुक महानुभावले अनलाइनमार्फत् पनि फारम भर्न सक्नेछन्। यो स्पर्धामा भाग लिन कम्तीमा एसएलसी उत्तीर्ण र १८ वर्षदेखि २८ वर्षको हुनुपर्नेछ।

‘हाललाई आवेदन फारम रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा उपलब्ध छ। पहाडी जिल्लाका युवा युवतीले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्,’ आयोजकको तर्फबाट अन्जु चौधरीले भनिन्, ‘अडिसनपछि छानिएका प्रतिस्पर्धीहरुलाई ब्यक्तित्व विकास र टुरिज्मसम्बन्धी प्रशिक्षण दिइनेछ।’

अनलाइन आवेदन दिन यहाँ किल्क  गर्नुहोस्

Leave a Reply

Your email address will not be published.