टीकापुर पुगेर बाबुरामले भने- ‘अर्को थारु विद्रोह हुनसक्छ’

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका छन् । टीकापुर घटनाबारे अदालतले गरेको फैसलासहित मुलुकको समसमायिक राजनीतिक घटना क्रमबारे खुला छलफल गर्न भट्टराई मंगलवार टीकापु्र पुगेका हुन् ।

खुला छलफल कार्यक्रममा बोल्दै भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्नेमा जोड दिए । राजनीतिक घटनाको फैसला अदालतबाट गरिए आफूसहित नेकपाका अध्यक्ष लगायतका नेताहरु पनि जेल जानुपर्ने भट्टराईको भनाईलाई उदृत गर्दै नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले बताए ।

अदालती बाटोबाट टीकापुर घटनाको समाधान कुनैपनि हालतमा हुन नसक्ने डा भट्टराईको दाबी थियो । त्यस्तै, उनले विप्लव माओवादीलाई प्रतिबन्ध गर्नु सरकारको गलत निर्णय भएको टिप्पणी गरे । विप्लव माओवादीको राजनीतिक उदेश्य पृथक भएपनि राजनीतिक दललाई प्रतिबन्ध गर्नु समस्याको समाधान नभएको भट्टराईको भनाई थियो ।

खुला छलफल कार्यक्रममा थारु नेता लक्ष्मण थारु, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नागरिक समाज, स्थानीयलगायतको उपस्थिति रहेको थियो । खुला छलफल कार्यक्रम बुधवार धनगढीको पार्क चोकमा हुने नयाँ शक्ति पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.