केपी ओलीलाई सत्ताबाट उखेलेर फालिदिने लक्ष्मण थारुको चेतावनी

थरुहट नेता लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावदी दिएका छन्। केन्द्रीय कारागारबाट रिहाई भएर गृहजिल्ला कैलाली पुगेका थारुले थारु शक्तिलाई कमजोर ठाने सत्ता र सिंहदरवारबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावनी दिएका हुन्।

भिडियो हेर्नुस्:

उनले थारुहरु आतंककारी नभएको स्पष्ट पार्दै बाँकी कैदीहरुको रिहाईका लागि आफूहरु पुनरावेदन हुँदै सर्वोच्चसम्म पुग्ने बताए। ‘हाम्रो कानुनी लडाइँ अझै जारी रहन्छ। हामी पुनरावेदन हुँदै सर्वोच्चसम्म पुग्छौं। आशा छ हामीलाई न्याय गर्नेछ,’ उनले भने।

आइतबार बिहान काठमाडौंबाट धनगढी विमानस्थल अवतरण गरेका लक्ष्मणलाई थारु कल्याणकारिणी सभा कैलालीका पदाधिकारी, थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता तथा समर्थकहरुले स्वागत गरेका थिए। डिभोटी होटलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनी गृहगाउँ फूलवारी पुगेका थिए। त्यहाँ गाउँलेहरुले फूलमालासहित स्वागत गरेका थिए।

लक्ष्मण थारु रिहाई भएको उपलक्ष्यमा गाउँलेहरु दाल चामल उठाएर भोजको समेत आयोजना गरेका थिए।

Leave a Reply

Your email address will not be published.