सेन्ट्रल जेलबाट रिहा भए लक्ष्मण थारु

कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्‍नी पार्वती चौधरीले स्वागत गरेका थिए।

टीकापुर घटनामा तीन वर्षअघि भैरहवाबाट पक्राउ परेका लक्ष्मण केही साताअघि उपचारको लागि कैलाली कारागारबाट सेन्ट्रल जेल आएका थिए।

अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको छ भने तीन जनालाई सफाया दिएको छ। बाँकी १२ जनालाई ३ वर्ष सजाय तोकेको छ।

Leave a Reply

Your email address will not be published.