दस जना थारु विद्यार्थीलाई अमेरिकीबासी थारु संस्थाकाे छात्रवृत्ति

अमेरिकास्थित थारुहरुकाे संस्था थारु एन्ड फ्रेन्डस् एसोसिएसनले २०१८-२०१९ का लागि १० जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसमध्ये ८ जनालाई सामान्य छात्रवृत्तिअन्तर्गत जनही २५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ भने दुई जनालाई बसन्तीदेवी चौधरी छात्रवृत्ति र सरोज चौधरी छात्रवृत्ति प्रदान गरिनेछ । यी दुबै छात्रवृत्तिको रकम भने ३० हजारको हुनेछ । बसन्तीदेवी चौधरी छात्रवृत्ति डा. गणेश चौधरीले स्थापना गरेका हुन् भने सरोज चौधरी छात्रवृत्ति त्रिब चौधरीले स्थापना गरेका हुन् ।

यस वर्ष छात्रवृत्ति पाउनेमा इन्टरमेडियटअन्तर्गत सप्तरीका मनिका चौधरी, पियुस चौधरी, उत्पल चौधरी, रुपन्देहीका रोशन चौधरी र दाङका समीक्षा चौधरी छन् । त्यस्तै स्नातकतर्फ सुनसरीकी कलावती चौधरी, धनगढीकी सुनिता चौधरी, दाङकी निहारिका चौधरी, नवलपरासीको केशव थनेतर बर्दियाको नरेश थारु छन् ।

संस्थाका कोषाध्यक्ष विनोद चौधरीका अनुसार यीमध्ये कलावती चौधरी र नरेश थारुले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बाँकी ८ जनाले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सन् २००८ मा अमेरिकामा बसोबास गर्ने थारुहरुले खोलेको यो संस्थाले नेपालका छात्रवृत्तिका अलवा सामाजिक काममा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.