खिचरा महोत्सवमा हाँस समाउने प्रतियोगिता बन्यो दर्शकको आकर्षण

पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव २०७५ मा आज (बुधबार)देखी आँखा छोपेर हाँस समाउने प्रतियोगिता सुरु भएको छ ।

आज पहिलो दिन प्रतियोगितामा दुई समूहले सहभागिता जनाएका थिए । एक समूहमा पाँच जना सहभागि थिए । पहिलो समूहबाट रोजन चौधरीले हाँस समाउन सफल भएका थिए ।

यस्तै दोस्रो समूहबाट सुरज मगर हाँस समाउन सफल भएका थिए । खिचरा महोत्सवमा दर्शकको आकर्षण बढाउन चितवनमै पहिलो पटक यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागि जनाउन प्रतिव्यक्तिले एक रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्ने हुन्छ । यो प्रतियोगिता माघ ६ गतेसम्म महोत्सव परिसरमा चल्ने शैक्षिक तथा खेलकुद व्यवस्थापन संयोजक आशाराम चौधरीले जानकारी दिए ।

महोत्सवमा सहभागी दर्शकहरुले यस प्रतियोगितालाई निकै रोचक मान्दै हेरेका थिए । महोत्सव माघ ७ गतेसम्म खैरहनी नगरपालिकास्थित गौचरनमा चल्नेछ ।

अन्जु पन्त र सुरेश लामाको गीतमा झुमे दर्शक

पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित गौचरनमा जारी छैठौं खिचरा महोत्सवमा आज (बुधबार) पाँचौ दिन चर्चित कलाकारको प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।

महोत्सव सुरुवातदेखि नै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको महोत्सवमा हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुती रहेको छ । आज चर्चित गायिका अन्जु पन्त र गायक सुरेश लामाले महोत्सवमा उपस्थित दर्शकहरुले झुमाएका थिए । गायिका अन्जु र सुरेश दुवैले संगै गीत गाएका थिए । उनीहरुले तिमी रोएको पल, भन्छु आज मनको कुरा, चरी चट्ट परी भुरुरु, बरु प्राण जाओस्, जब जब तिम्रो साथ, तिम्रो लागि म छु..लगायतका चर्चित गीतहरु गाएका थिए ।

यस्तै साँस्कृतिक कार्यक्रम अन्तरगत थारु नृत्य, आस्था कलाकेन्द्रको नृत्य रहेको थियो । महोत्सवका छैठौं दिन भोलि (विहीबार) चर्चित गायक अलमोडा राना उप्रेती, थारु गायक, गायिका श्रीनिवास चौधरी र अनु चौधरी, थारु नृत्य, आस्था कलाकेन्द्रको नृत्यलगायतको साँस्कृतिक प्रस्तुतीहरु रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

थारु समुदायको महान चाड खिचरा (माघी)को अवसरमा आयोजित महोत्सवमा दिनप्रति दिन दर्शकको चाप बढ्दै गईरहेको छ । आज पनि दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नंं ७ का अध्यक्ष चुडामणी चौधरीले जानकारी दिए ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा विभिन्न व्यापारिक स्टल, बाल उद्यान, थारु मिनी गाउँ, अटो परिसर, होटेलका स्टलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.