यस वर्षको राष्ट्रिय माघ (माघी) महोत्व चुच्चेपाटीमा हुने

थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्‍यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।नेपाली सेनाले टुडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघ (माघी)लाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्‍याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले जानकारी दिए।

माघीलाई भव्‍य बनाउन साँस्कृतिक झाँकी र्‍याली प्रदर्शनी गरिनेछ। बिहान १०: ३० बजे चाबहिल चोकमा जम्मा भइ चुच्चेपाटी बौद्धस्थित ह्यात रिजेन्सी होटलको चौरमा आयोजना गरिएको चौधरीले जानकारी दिए। महोत्सवमा १ सय ५० वटा स्टल राखिनेछन्।

Leave a Reply

Your email address will not be published.