खिचरा महोत्सवमा सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने

चितवनको खैरहनी नगरपालिकाको जबकौली गौचरनमा यहि पुस २८ देखि हुन गइरहेको छैटौं खिचरा महोत्सवमा नेपालका चर्चित सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने भएका छन् । मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुले महोत्सवमा थारु पहिरनहरुको प्रबद्र्धन गर्नेछन् ।

महोत्सवमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल टप ५ प्रतियोगी एवम् चर्चित कोरियोग्राफर निश्मा ढुंगाना चौधरी, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, मिस नेपाल अर्थ २०१६ रोशनी खत्रीलाई थारु पहिरनमा सजिएको देख्न पाइनेछ ।

उनीहरुले स्टेजमा समेत विशेष प्रस्तुति दिने महोत्सव साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । त्यसैगरी मिस्टर एण्ड मिस थारु २०१८ सिजन २ का फाइनल प्रतिस्पर्धीहरुबाट तराईका २२ जिल्लाका थारु पोशाकमा ¥याम्प शो गर्ने साँस्कृतिक संयोजक जयस चौधरीले बताए ।

एउटै महोत्सवमा सबै सुन्दरीहरु थारु पहिरनमा सजिएर प्रस्तुति दिने संभवत यो पहिलो पटक हुने आयोजकको दाबी छ । थारु खानाका परिकार र थारु संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आयोजना हुने महोत्सवमा प्रत्येक वर्ष केही न केही फरकपनको झल्को दिइरहेको महोत्सवमा यसपटक पनि धेरै नयाँ कुरा देख्न सकिने आयोजकले जनाएको छ ।

छैठौं संस्करणको ‘खिचरा महोत्सव’ यसवर्ष यही पुस २८ देखि माघ ७ गतेसम्म हुँदैछ । अहिले महोत्सवको तयारी तीब्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.