कपिलवस्तुमा नवौं माघी महोत्सव हुने

श्याम सि.टी./कपिलवस्तु ।
थारु समुदायको महान पर्व एवं नयाँ वर्षको अवसरमा तीन दिने नवौं कपिलवस्तु माघी (खचडी) महोत्सव २०७५ हुने भएको छ ।
थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा शनिबार जिल्लाका सम्पूर्ण थारु अगुवा,बुद्धिजिवी,समाजसेवी लगाएतका जिम्मेवार ब्यक्तित्वहरुको बीच बृहत भेला थारु कल्याणकारिणी सभाको प्रांगणमा गोरुसिङ्गेमा सम्पन्न भएको छ ।

सम्पन्न भेलाले यो वर्ष शिवराज न.पा.चन्द्रौटामा माघ २, ३ र ४ गते महोत्वस गर्ने निर्णय गरेको हो । आयोजना गर्ने लागिएको माघी महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि थारु कल्याणकारिणी सभा कपिलवस्तुका सभापति उमाशंकर चौधरीको संयोजकत्वमा ११३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सह संयोजकमा महादेव थारु,मन्जु थारु र सुमन थारु रहनु भएको छ भने अरु सदस्यमा चयन गरिएको छ ।

थारु समुदायको मौलिक कला, संस्कृति, भेषभुषा रहनसहन परम्परालाई संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष गर्दै आइरहेको छ । महोत्वसमा थारु समुदायको परम्परागत हस्तकला,थारु भाषाको विभिन्न प्रदर्शनी खानाको परिकार घोङी, ढिक्री, खरिया, बरिया, अन्डीको भात, माछा लगायतको परिकार राखिने आयोजकले जनाएको छ ।

भेलामा पूर्व सभापति जन्जीर प्रसाद थारु, केन्द्रीय सदस्य भोजराज थारु, सुमित्रा थारु, पूर्व सभापति नागेन्द्र प्रसाद रौतार, राष्ट्रिय गायक श्रीनिवास चौधरी, बुद्ध सनेस साप्ताहिकका सम्पादक द्धारिका प्रसाद थारुलगायतको भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
भेलामा थारु कल्याणकारिणी सभा कपिलवस्तुका सभापति उमाशंकर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.