तुलसीपुरमा पुस २५ गते माघी कार्यक्रम हुने

थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू समुदायमा माघको अवसरमा गरिने कार्यक्रमको लागि तयारी तिब्र पारिएको छ। यसैगरी दाङको तुलसीपुरमा पुस २५ गते तुलसीपुर क्षेत्रस्तरीय माघ कार्यक्रम हुने भएको छ।

तुलसीपुर-५ जबरपुरमा आज बसेको तुलसीपुर क्षेत्रस्तरीय भेलाले माघको अवसरमा तुलसीपुरको जबरपुरमा रहेको नमूना भुइयार ठानमा कार्यक्रम गर्ने निर्णय गरेको छ। कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन भेलाले नमूना भुयार ठानका अध्यक्ष रामशरण चौधरीको संयोजकत्त्वमा ५१ सदस्यीय मूल आयोजक समिती गठन गरेको छ।

यस्तै आजकै भेलाले कार्यक्रमलाई सभ्य बनाउन विभिन्न उपसमिति गठन गरेको छ। भेलाले रामशरण चौधरीकै संयोजकत्त्वमा ११ सदस्यीय सचिवालय गठन गरेको छ। साथै भेलाले कार्यक्रम सफल बनाउन अर्थ संकलन उपसमिती, सांस्कृतिक उपसमिति, प्रचार प्रसार उपसमिती, मञ्च ब्यवस्थापन उपसमिती, स्वयंम् सेवक परिचालन उपसमिति, अतिथि सत्कार उपसमिति गठन गरेको छ।

नमूना भुयार ठानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको भेलामा थाकस जिल्ला अध्यक्ष भुवन चौधरी, थाकस क्षेत्र नं.३ का अध्यक्ष महेश थारू, थारू अगुवा रोहित चौधरी, तुलसीपुर क्षेत्रका विभिन्न गाउँका महटावा, अगुवा, बुद्धिजीवी,सञ्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो। साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउनकालागी भेलामा उपस्थित भएका थारू अगुवाहरुले सम्पूर्णमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.