थारु अभिनेता आशिष डंगौराद्वारा आत्महत्या

लखन चौधरी/धनगढी।

थारु चलचित्रका अभिनेता आशिष डंगौराले बुधबार राति आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–५ जालीका ३२ वर्षिय अभिनेता चौधरीले धनगढीको क्याम्पस चौंकमा आफैले सञ्चालन गर्दै आएको कल्चर रेष्टुरेन्टमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीका अनुसार उनी रेष्टुरेन्टकै एक कोठाको भित्रबाट चुक्कुल लगाएर दुपट्टा घाँटीमा बाँधेर पंखा झुण्डुयाउने रडमा झुण्डिएको अवस्थामा राती करिब १ बजे फेला परेका थिए । स्थानीयका अनुसार विवाहित डंगौराको एक यूवती संग अवैध सम्बन्ध रहँदै आएको थियो । त्यसको पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमर्टमको लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

करिब डेढ दशकदेखि थारु चलचित्र उद्योगमा काम गर्दै आएका डंगौराको थारु चलचित्र कमस टोहार, कमस टोहार–२, इ कसिन टक्दीर फिल्ममा भूमिका रहनुको साथै दर्जनौं म्युजिक भिडियोमा अभिनय रहेको थारु चलचित्र निर्देशक चन्द्र चौधरी बताउँछन् । पछिल्लो समय उनले धनगढीमै कल्चर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.