सुनसरीमा जितिया महोत्सवको भब्य तयारी

निशान प्रकृति थारु

थारु महिलाहरुले जितिया पर्व भब्यरुपमा मनाउने तयारी गरेका छन्। थारू महिला सभा सुनसरीको आयोजना असोज १६ गते झुम्कामा जितिया महोत्सव कार्यक्रम मनाउने भएको हो।
शुक्रबार झुम्कामा भएको पत्रकार सम्मेलनमा थारु महिला सभा सुनसरीकी अध्यक्ष राजोदेबी चौधरीले थारु जातिको पहिचानको रुपमा रहेको जितिया पर्व एकताको प्रतिकको रुपमा मनाउने तयारी भएको बताइन्। थारु महिलाहरुले जितिया पर्वलाई परिवारमा सुख, शान्ति तथा परिवारको दीर्घायु होस् भनि कामना गरेर मनाउने चलन रहेको चौधरीले बताएकी हुन्।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका नव निर्वाचित सुनसरीका सभापति सुरेन्द्र कुमार चौधरी, थारु नेताहरु मनोज चौधरी, लक्ष्मण चौधरी लगायत थारु महिला नेतृहरुको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published.