प्रधानमन्त्रीको बचाउ गर्दै शान्ताले भनिन्, ‘यो सरकार नेकपाको मात्र होइन, सबै जनताको हो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताएकी छन्। मंगलबारको संसद बैठकमा उनले तिललाई पहाड बनाएर सरकारमाथि आक्रमण भइरहेको बताइन्।

‘प्रधानमन्त्री केपी ओलीले प्रतिकात्मक भाषामा अरिंगाल भन्नुभयो । त्यसैलाई पहाड बनाइएको छ । ठेट नेपाली उदाहरण र उपमा दिनु, भाषामा मिठास ल्याउनु नराम्रो हो र ?,’ उनले प्रश्न गरे, ‘केपी ओली आकर्षक भाषण गर्नुहुन्छ, के आकर्षक र मिठो भाषण गर्नु नराम्रो हो र ? ग्रामीण जनजीवनको शब्द र उदाहरणहरु ओलीले प्रयोग गर्नुहुन्छ, के यो नराम्रो हो र ?’

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.