बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका छन्। शनिबार संसदको शून्य समयमा बोल्दै उनले बाराको सिम्रौनगढ, कोल्हबी, निजगढ, सिमरामा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका हुन्। विगतमा सरकारसँग भएको सम्झौताअनुसार सदरमुकामको सेवाहरु स्थानीय तहमै पाउनका निम्ति उक्त सेवा केन्द्र स्थापना गर्नुपर्ने सांसद चौधरीको भनाई छ। 

उनले बाराको ऐतिहासिक स्थाल सिम्रौनगढ धार्मिक, पौराणिक महत्व बोकेकाले त्यसको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने माग गरे। उनले पर्यटीकय दृष्टिकोणबाट पनि ऐतिहासिक रहेको सिम्रौणगढमा विकासका परियोजना ल्याउन माग गरेका हुन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.