थारु पत्रकार कुट्नेलाई कडा कारबाही गर्न थारु पत्रकार संघको माग

थारु पत्रकार संघ नेपालका बर्दिया शाखाका अध्यक्ष सञ्जु चौधरी (शरम)माथि कुटपिट भएको छ। बिहीबार साँझ गुलरियाबाट घर फर्किरहेका उनलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा मदिरा सेवन गरेका तीन जनाले  गाली गलौज गरी मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। 

उक्त घटनाको थारु पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। अध्यक्ष मदन चौधरीले विज्ञप्ती जारी गर्दै सञ्चारकर्मीमाथिको आक्रमण बन्द गर्न सरोकारवाला पक्षसँग माग गरेका छन्। उनले घटनामा संलग्न भनिएका बारबर्दिया नगरपालिका वडा नं ५ का जंगबहादुर थारु, तिलक थारु र सुरमान थारुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published.