थाकस दाङको सभापतिमा भुवन चौधरी चयन

थारु कल्याणकारिणी सभा (थाकस)को १६अौं जिल्ला अधिवेशनबाट भुवन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । त्यस्तै  सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भए। 

केन्द्रीय पार्षदमा भने तेजमान चौधरी, सन्तोष दहित, चुर्णबहादुर चौधरी, यशोदा चौधरी र सन्तोष चौधरी सर्बसहमतिमा चयन भएको निर्वाचन मुख्य अधिकृत भोजराज चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.