हामीले सबै जातिको संस्कृतिलाई संरक्षण गर्नुपर्छ : उपसभामुख थारु

कमल चौधरी/बुटवल ।
प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारुले सम्पूर्ण जाति समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएकी छन् । उनले संस्कृति मानव समुदायको अस्तित्व र पहिचानसँग जोडिएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासंघ रुपन्देहीले शुक्रबार बुटवलमा आयोजित ‘सभ्य तीजको लागि हाम्रो भूमिका’ विषय अन्तरक्रिया तथा तीज मिलन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उप–सभामुख थारुले मुलुकमा विभिन्न जातजाति समुदायको आ–आफ्नै भाषा धर्म र संस्कृति रहेको भन्दै एकले अर्काको भाषा, धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी थारु समुदायमा पनि तीजजस्तै कृष्ण जन्माष्टमी अष्टिम्की) र अट्वारी पर्व मनाउँछौं । त्यस्तै अन्य विभिन्न समुदायले मनाउने चाड पर्वहरु ठाउँ र जाति समुदायअनुसार फरक–फरक शैलीमा मनाउनु स्वभाविक हो । हामीले यी र यस्ता चाड पर्वहरुलाई संरक्षण गर्नुपर्छ ।’

उनले विगतदेखि हिन्दू नेपाली महिलाहरुले मनाउँदै आएको तीज पर्वको स्वरुप र शैलीमा परिवर्तन आउनु स्वभाविक रहेको भन्दै यसलाई सभ्यरुपले मनाउनुपर्नेमा जोडसमेत दिइन् ।

त्यस्तै पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष मौसम रोक्काले चाड पर्वहरु समाजिक संघर्षक उपज रहेको भन्दै संस्कृतिहरु समयनुकूल परिवर्तन र परिष्कृत हुँदै जाने बताए । उनले भने, विगतमा आमाछोरी, सासु–बुहारीका दुःख पीडाका विषयबस्तुलाई तीज गितमा गाउँने गर्दथें । आजभोलि देश विकास, समाजीक न्याय, अधिकार, शिक्षा र चेतनाको विषयलाई तीजको गीतको रुपमा गाउने गरिन्छ ।’

अध्यक्ष राक्काले समाज परिवर्तनशील रहेको भन्दै समअनुसार संस्कृतिहरुको संरक्षण गर्नुपर्ने र समाजिक विकृतिलाई चिर्दै तीजमात्र नभएर जुनसुकै चाड पर्वहरुलाई सभ्यरुपले मनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published.