मृगौलाका बिरामी जिन्दा चौधरीलाई थाकस कोरियाद्वारा आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मृगौलाका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो। थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।

चौधरी विगत पाँच वर्षदेखि मुटुको बिरामी भइ उपचार गराइरहेका छन्। हाल: उनी ललितपुरस्थित किस्ट हस्पिटलमा उपचाररत छन्। आर्थिक अवस्थान निकै कमजोर भएपछि चौधरीले आर्थिक सहयोग गरिदिन अपिल गरेका थिए। जसअनुसार कोरिया च्याप्टरले आर्थिक सहयोग गरेको वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले जानकारी दिए।

कोरिया च्याप्टरले यसअघि पनि नेपालमा विभिन्न समाजिक काम र बिरामी परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको छ।

-यसअघि मृगौलाका बिरामी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सम्पादक

Leave a Reply

Your email address will not be published.