खोलाले बगाउँदा दाङमा पर्शुराम चौधरीको मृत्यु

ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए। उनलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो। चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.