सुरेश चौधरीको नेतृत्वमा थाविस उपत्यकामा नयाँ कार्यसमिति चयन

थारु विद्यार्थी समाज (थाविस) उपत्यका समितिको ७औं अधिवेशनले सुरेश चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सप्तरी निवासी चौधरी सर्वसहमतिबाट अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा मधुसुधन चौधरी (सप्तरी), सचिवमा अधिकार चौधरी (दाङ), सहसचिवमा निरपेस चौधरी (मोरङ) र कोषाध्यक्षमा उर्मिला गुराव थारु (कञ्चनपुर) छन्।

त्यस्तै सदस्यहरुमा विजय चौधरी (बाँके), ज्योति सरदार थारु (झापा), सुनिल थारु (बर्दिया), निरज थारु, राजेन्द्र थारु (कैलाली), दिलीप चौधरी (सिरहा), प्रकाश चौधरी, सुनिराम चौधरी (नवलपरासी), प्रशान्त चौधरी (सुनसरी), नसिब चौधरी, सुनिल चौधरी, मन्दिरा चौधरी (उदयपुर), शिवानन्द चौधरी (सप्तरी) र सुश्मा राना थारु (कैलाली) छन्।

Leave a Reply

Your email address will not be published.