अस्पतालको लापरबाहीले ‘डिस्चार्ज’ हुन तयार पशुपति चाैधरीकाे मृत्यु

कारी महतो/चितवन।
दुर्घटनामा सामान्य घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकलमा ल्याइएका खैरहनी नगरपालिका वडा नं.९ बैरहनीका अन्दाजी ५५ वर्षीय पशुपति चाैधरीकाे अाज बिहान पाँच बजे मृत्यु भएकाे छ ।

हिजाे बेलुका करिब ८ बजे राप्ती नगरपालिकाकाे भण्डारामा दुर्घटना भएका घाइतेलाई ८:५० मा अस्पताल पुर्याइएकाे थियाे । सिटिस्क्यान लगायतका ल्याब रिपाेर्टहरू नर्मल भएकाेले अाज बिहान ६ बजे डिस्चार्ज गर्ने डाक्टरले भनेका थिए । तर बिहानपख सामान्य दुखेकाेले एक्सरे गर्ने बेलामा लठ्याउने इन्जेक्सन दिए लगत्तै बिहान पाँच बजेतिर उनकाे मृत्यु भएकाे जनाइएकाे छ ।

अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टरहरूले मृतक चाैधरीकाे मृत्यु अचानक सर्केर भएकाे हुनसक्ने जनाएका छन् । तर मृतकका अाफन्तहरूले अस्पतालले दिएकाे स्पष्टीकरण चित्तबुझ्दाे नभएकाे बताएका छन् उनीहरूले अस्पतालकाे लापरबाहिले घाइतेकाे मृत्यु भएकाे बताए । उनीहरूले निष्पक्ष छानबीन र उचित क्षतिपूर्तिकाे माग गरेका छन् । मृतकका छाेरा विश्व चाैधरीले निष्पक्ष छानबीन नभएसम्म शव नबुझ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.