थाकस कैलालीको क्षेत्रीय अधिवेशन, ११ सदस्यीय कमिटी गठन

थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए।

त्यस्तै जिल्ला कार्यसमितिले शनिबार गोदावरी नगरपालिका–८ जमुनाभारीस्थित क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ। लालबहादुर चौधरीको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय कमिटी गठन भएको सचिव चौधरीले जानकारी दिए। जसको सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश माया चौधरी, तेजराम चौधरी तबिराम चौधरी छन्। त्यस्तै सदस्यममा भिमबहादुर चौधरी, कालीराम चौधरी, श्रीराम चौधरी, तारा प्रसाद चौधरी, मंगलराम चौधरी छन्।

जिल्ला पार्षदमा भने सितादेवी चौधरी, रामकृष्णी चौधरी, प्रदेशी चौधरी र खुशीराम चौधरी चयन भए। सल्लाहकार समितिमा भने कर्मराम चौधरी, लौटन चौधरी र रजनी चौधरी चयन भए। थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.