सांसदद्वारा थारु भाषालाई कामकाजी बनाउन माग

कमल चौधरी\बुटवल ।

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुसँग समाजसेवी, बुद्धिजीवि, पत्रकार, थारु कल्यणकारी संघ, थारु पत्रकार संघ नेपाल लगायतका पदाधिकारीहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमा बोल्दै वक्ताहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
गुर्बाबा एफ.एम. बर्दियाले बुधबार बुटवलको न्यू ईरा होटलमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले थारु समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि सरकारी स्तरबाटै थारु भाषा थारु बहुल्यता क्षेत्रमा लागु गर्नुपर्नेमा माग समेत गरेका हुन् ।

यस्तै वक्ताहरुले थारु जातिमा मात्रै लाग्ने सिगेलसेल एनिमियाको पहिचान र उपचारका साथै त्यसको क्षतीपुर्तिको लागि पहल गर्ने जनाएका छन् । उनीहरुले सिगेलसेललाई प्रदेश सरकारले छुट्टाईएको १ करोड बजेट प्रायप्त नभएको भन्दै यसलाई अझ थाप्दै जानु पर्ने बताए ।

कार्यक्रममा प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारुले थारु समुदायको अधिकार, संस्कृति–संस्कार र थारुहरुको भाषाभाषिलाई कसरी दिगो बनाउने अभियानमा आफूहरु लाग्नुपर्ने बताईन् । उनले भनिन्– ‘आज स्थानिय तह, प्रादेशिक तह र केन्द्रीय तहमा नीति निर्माण हुँदै गर्दा थारु समुदायको अधिकार कसरी सुनिश्चित हुन्छ, भन्ने विषयमा थारु मननीयहरु चिन्तित हुनुपर्ने बेला आएको छ ।’

उपसभामुख थारुले संविधानमा व्यवस्थापन गरिएको अधिकारलाई कसरी सुनिश्चित गर्ने, कसरी लागु गर्ने र कसरी व्यवहरमा लागु गर्ने कुरामा थारु बुद्धिजीवि, अगुवाहरु सचेत हुनुपर्ने बताईन् । उनले विगतको विभिन्न घटना क्रमलाई हेर्ने हो भने, थारु सकारात्मक सिकाईको साथ अगाडी बढ्नुपर्ने थियो । तर थुप्रै अभियान र कार्यक्रम छलफल भयो तर हामीले थारु आन्दोलन र माग मुद्दाहरुलाई संस्थागत गर्न सकेनौं, किन सकेनौ ? थारु समुदाय एकजुट हुन नसक्नुको कारण खोजी गर्न जरुरी रहेको तर्क समेत गरिन् ।

त्यस्तै सांसद तुलसी प्रसाद चौधरीको भनाई पनि उस्तै छ । उनले थारु भाषा, धर्म, संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि सबै थारु बुद्धिजीवि, राजनीतिकार्मी, पत्रकारहरु एक भएर लाग्नुपर्ने प्रतिक्रिया दिए । उनले ठाउँ अनुसार थारु भाषामा फरकपन छ । थारु भाषामा फरकपन हुनु राम्रो पक्ष रहेको भन्दै अब यसलाई एउटा साझा थारु भाषा बनाउनुपर्नेमा जोड दिए । उनले पूर्व मेची देखि पश्चिम महाकालीसम्म तराईमा बोलिने ११ किसिमको थारु स्थानीय भाषा रहेको छ । यसलाई साझा भाषा बनाएर लिपिबद्ध गर्नुपर्नेमा जोड समेत दिए । उनले भने– ‘हामीले थारु भाषालाई लिपिवद्ध गर्न सक्छौं । यो कामको सुरुवात ग¥यौं भने, थारु भाषाको संरक्षण र प्रवद्र्धन हुनेछ ।’

थारु समुदायको उपस्थिति निर्णयक ठाउँमा नहुँदा थारु समुदायको माग मुद्दाहरु ओझेलमा परेको माननीय सदस्य पुष्पा थारुनीको भनाई रहेको छ । उनले जब सम्म थारु समुदाय राज्यको हरेक निर्णायक ठाउँमा पुग्दैनौं तब सम्म थारुहरुको माग र मुद्दाहरु ओझेलमा पर्ने प्रतिक्रिया समेत दिईन् । उनले थारु समुदायको एक मात्र महान् पर्व माघी पर्वको बिदा कटौती किन गरियो ? बाल कृष्णलाई आम माफी दिनु रेशम चौधरीलाई जेलमा राख्नु के जयाज हो ? भन्ने प्रश्न समेत गरिन् । उनले हामी पछि परेको होइनौं हामीलाई पछि परिएको भन्दै जब सम्म थारु मुख्य रुपले निर्णायक ठाउँमा पुग्दैन तबसम्म यसरीनै हामीहरु शोषित भैरहने प्रतिक्रिया समेत दिईन् । त्यस्तै माननीय दिपेश थारुले सिगेलसेल रोगलाई छुट्टाईको बजेट प्रायप्त नभएको यसलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए । उनले थारु समुदायको माग र मुद्दाहरुलाई उठाउनको लागि मिडिया आवश्यक रहेको भन्दै हामीले थारु पत्रकार संघ नेपालसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रतिवद्धता समेत गरे ।

प्राचीन सृजनशिल आदिवासी समाज बर्दियाका उपाध्यक्ष रामलौटन थारुको अध्यक्षतामा भएको उक्त अन्र्तरक्रिया कार्यक्रममा प्रदेश ५ का उपसभामुख कृष्णी थारुको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरु कबीराम थारु, भुबनेश्वर चौधरी, इन्द्रजित चौधरी, धमकली चौधरी, तीलक शर्मा, कुलप्रसाद पोखरेल, थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी लगायतले अ–आफ्नो प्रतिक्रिया दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published.