एकराज चौधरीलाई गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कार

बर्दियामा लामो समय देखि पत्रकारिता गरिरहेका २ जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।

सम्मानित एकराज चौधरी बर्दिया जिल्लामा विगत् १८ बर्ष देखि निरन्तर रुपमा पत्रकारिता गरिरहेका छन् । भित्ते पत्रिका प्रकाशनबाट पत्रकारिता सुरु गरेका चौधरीले थारुभाषाको ख्याल कार्यक्रम देखि हाल थारु भाषामा आधारित रहेर गुर्बावा एफएम सञ्चालन गरेका छन् ।

त्यसैगरी अर्का सम्मानित गान्दिपलाल कायस्थ बर्दियाको विकट क्षेत्र राजापुर क्षेत्रमा बसेर विगत १० बर्ष यता पत्रकारिता गरिहेका छन् । रेडियोबाट पत्रकारिता सुरु गरेका कायस्थले राजापुर क्षेत्रमा बसी निरन्तर रुपमा पत्रकारिता गरिरहेका छन् । राजापुर क्षेत्र छापा सञ्चार माध्यमबाट अलग रहेको बेलामा कायस्थले पत्रिका प्रकाशन गरेर निरन्तर रुपमा पत्रकारिता गरेका छन् । उनी हाल कोठियाघाट साप्ताहिकका प्रकाशक सम्पादक हुन् ।

प्रेस चौतारी बर्दियाले पत्रकारद्वयलाई कदरपत्र र नगद रु ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको छ हो । प्रेस चौतारी बर्दियाले हरेक बर्ष एक जनालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने बताएको छ । गत बर्षको र यस बर्षको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष डिलप्रकाश गौतमले बताए ।

Leave a Reply

Your email address will not be published.