राज्यमन्त्री चौधरीद्वारा सुनसरीलाई खुल्ला दिशामुक्त घोषणा

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम कुमारी चौधरीले सुनसरीलाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेकी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सुनसरीको आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै उक्त घोषणा गरेकी हुन्।

‘सुनसरी जिल्लाबाट खुल्ला दिशालाई बिदाबारी : पूर्ण सरसफाइको यात्रा जारी ‘मूल नाराका साथ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अनिवार्यरुपमा चर्पी प्रयोग गर्न आह्वान गरे। खुल्ला दिशा पिशाप गर्दा विभिन्न रोग लागेर ज्यानसमेत गइरहेका बेला त्यस्ता रोगबाट बच्न सबैले चर्पी प्रयोग गर्नुपर्ने बताइन्। यसअघि नै सुनसरीका १२ वटै स्थानीय तह खुल्ला दिशा मुक्त घोषणा भइसकेको छ।

मन्त्री चौधरीले भूमिमा देखिएको समस्या हल गर्न भूमि, नीति बनिरहेको बताइन्। ‘अबदेखि कुनै बहना वा कारण देखाएर हामी जमिन बाँझो नराखौं। यसले हाम्रो देशको उत्पादनमा ह्रास ल्याउँछ। योसम्बन्धी मन्त्रालयले कडा कानुन बनाइरहेको छ,’ उनले भनिन्।

मोहियानी समस्या समाधान गर्न मन्त्रालयले इकाई गठन गरी सबै जिल्लाबाट निवेदन लिइरहेको र मोही समस्याबाट पीडितहरुले निवेदन दर्ता गर्नुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published.