कोसी ब्यारेजमा ट्रक खस्दा घनश्याम चौधरीको मृत्यु

सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्काइभेटर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घाइतेको उपचारको क्रममा निधन भएको हो ।

मृत्यु हुनेहरुमा ट्रक चालक सुनसरी तरहराका विनोद वराइली र स्काइभेटर चालक सुनसरी झुम्काका घनश्याम चौधरी रहेका छन् ।

घाइतेहरु मध्ये गम्भीर रहेका ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य ६ जनाको इनरुवास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.